भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाण्डौ, २३ जेठ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार एक्स एल अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डा प्रतिपेटी अर्थात ६ क्रेटको तीन हजार रुपैयाँ कायम गरिएको छ ।

अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ भएको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो । पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढेको हो ।

गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ थियो । त्यस्तै ठूलो अण्डाको मूल्य ४९०, मिडियम अण्डाको ४०० तथा सानो अण्डाको प्रतिपेटी २ हजार ३ सय रूपैयाँ थियो ।

किसानले लागतको भाउ पाए पनि पटक पटक भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् । उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभएको छ । रासस

मुख्य बुँदा

इटहरीकी कृष्णकुमारी विकले सालको पात बेचेर चाडपर्वको खर्च जुटाइरहेकी छन् ।

उनी हरेक हप्ताजसो उदयपुरको गाईघाटबाट पात सङ्कलन गरी इटहरीका बजारमा बिक्री गर्छिन् ।

एक हप्तामा रु ८ हजारदेखि १० हजारसम्म आम्दानी हुने गरेको छ ।

इन्द्रदेवी घिमिरेलगायत इटहरीका धेरै महिलाहरूले पनि यही काम गरेर चाडपर्व खर्च जुटाउँछन् ।

दशैँ–तिहार समयमा दैनिक ३०–४५ मुठा पात बिक्री हुँदा मासिक रु ३०–४० हजार आम्दानी हुन्छ ।

सालको पातको माग चाडपर्व, एकादशी, छठपूजा र भोजभत्तेरका लागि बढी हुन्छ ।

बिना लगानी फुर्सदको सदुपयोग गर्दै महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् ।

सुनसरी, १७ असाेज । इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइहेकी छन् ।

उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेकी हुन् । हुन त अरु बेला पनि यो उनका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताइन् ।

उनले भनिन्, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।”

धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुनाइन् । सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ ।

यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन् । यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ । इटहरी उपमहानगरपालिका–७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आएकी छन् । उनले पनि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गरिरहेको बताइन् ।

घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ । “दसैँतिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको छ ।

यसबाट मासिक रु ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुन्छ । सानो मुठा रु ४० देखि ६० र ठूलो मुठा रु १०० सम्म बिक्री गरिरहेकी छु”, उनले भनिन् । उनीहरू मात्रै होइन, बिना लगानी फुर्सदको सदुपयोग गर्दै पात सङ्कलन र बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरूले यस्तै काम गर्न थालेकी हुन् ।

पूजापाठ, भोजभत्तेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउनसमेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत पातको माग रहेको यसमा सङ्लग्नहरूको भनाइ छ । रासस

बागलुङ, ८ असोज । दशैँ लागेसँगै बागलुङका लेकमा रहेका भेडीगोठ बेसी झर्न थालेका छन्। जेठ दोस्रो सातादेखि लेकमा उक्लिएका गोठालाहरू चार महिनापछि परिवारसँग भेट्ने र दशैँको पर्व मनाउने आशा बोकेर बेसी झरेका हुन्।

गोठालाहरू ढोरपाटन सिकार आरक्ष अन्तर्गत टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडा क्षेत्रमा पुग्ने गर्छन्। यी क्षेत्र समुद्री सतहदेखि ३,०००–४,५०० मिटरको उचाइमा पर्छन्। चार महिनापछि बेसी झरेपछि भेडाबाख्राका लागि चरन क्षेत्र र पोसिलो घाँस पर्याप्त पाइने हुँदा गोठालाहरू आफ्नो जनावरसँग बेसी झर्ने गर्छन्।

बेसी झरेका गोठालाहरू अब केही दिनमै मुख्यमुख्य शहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने तयारीमा छन्। यसबाट दशैँको माहोल समेत बढेको छ। गोठालाहरूले भेडा, खसी र बोका छनोट गरी बजारतर्फ लैजाने गर्छन्।

निसीखोला–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताए। चार महिनाभरि खर्च पहिले नै लिएर उक्लिएको र छिटो झर्दा घाँस पुर्‍याउन समस्या हुने उनको भनाइ छ। ढोरपाटनका तुलबहादुर पुनले पनि लेकमा विस्तारै चिसो बढेपछि बेसी झरेको जानकारी दिए।

बेसी झरेका पशुपालकको चहलपहलले दशैँको माहोल उत्साहपूर्ण बनाएको छ। बर्खाभरि पोसिएको घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको भाउ राम्रो हुने भएकाले वार्षिक लाखौँ आम्दानी गर्ने किसानहरू समेत छन्।

दाङ, ३१ भदौ । दाङमा पछिल्लो वर्ष व्यावसायिक केराखेतीको क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७३० हेक्टरमा व्यावसायिक केराखेती भएको छ । यसबाट ९ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्ष ६७० हेक्टरमा मात्र खेती भएकोमा यो आवमा १५० हेक्टर थपिएको हो । जिल्लामा उत्पादन हुने केराले करिब ७० प्रतिशत स्थानीय माग धान्ने गरे पनि चाडपर्वका समयमा भने बाहिरी जिल्ला र भारतमै भर पर्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।

उनका अनुसार देउखुरीको राप्ती, शान्तिनगर, गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकामा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ । किसानले ठूलो लगानी गरी व्यावसायिक रूपमा खेती गर्न थालेपछि उत्पादन र आत्मनिर्भरता बढ्ने देखिएको उनले बताए ।

तर, सबै बिरुवा उत्पादन दिन नसक्ने भएकाले अहिले पनि बजारको मागअनुसार केरा उत्पादन हुन नसकेको किसान बताउँछन् । व्यवसायी भगत विकका अनुसार जिल्लाको उत्पादनले तीन महिना पनि माग धान्न सक्दैन, जसका कारण चितवन, नवलपरासी, टीकापुरलगायत स्थान र भारतबाट केरा ल्याउनुपर्ने बाध्यता कायम छ ।

बजारमा माग उच्च रहेकाले खेती विस्तार गर्न किसानलाई अनुदान दिइँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर, उत्पादन बढाउन नसक्दा करोडौँ रुपैयाँ बाहिरिनु पर्ने समस्या दाङमा निरन्तर दोहोरिँदै आएको छ ।