भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौं, १३ वैशाख  । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउने तयारीमा सरकार यतिबेला  व्यस्ततामा रहेको छ। सार्वजनिक बिदा भए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित मन्त्रालयका कर्मचारीहरू आज शनिबार पनि बजेट निर्माणकै काममा खटिएका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार, मन्त्रालयले विभिन्न क्षेत्रसँग नीति, कार्यक्रम र बजेट सम्बन्धी छलफलहरू तीव्र रूपमा अघि बढाएको छ। संसद्को बजेट अधिवेशन हिजोदेखि सुरु भइसकेको छ भने आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने र २८ गतेदेखि प्रि–बजेट छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारले २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्ब रुपैयाँ निर्धारण गरेको छ। यस पटकको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना नसमावेश गर्ने नीति लिइएको छ। यसबाट बजेटलाई लक्ष्यमुखी र प्रभावकारी बनाउने सरकारको तयारी देखिन्छ।

अर्थ मन्त्रालयले बजेटमा समावेश गरिने कार्यक्रमहरूको प्राथमिकता निर्धारण गर्दै राष्ट्रिय आवश्यकताअनुसार स्रोतको परिचालन गर्ने कार्यलाई पनि तीव्रता दिएको छ।