भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा 

स्वास्थ्य बीमाको दायित्व बजेटभन्दा दोब्बर बढी

१० अर्ब विनियोजित बजेट चालू आर्थिक वर्षमै खर्च

स्रोत सुनिश्चित नगरी खर्च गर्दा वार्षिक २४ अर्बको दायित्व

बजेटको सीमाभित्र रहेर खर्च गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य सेवा कार्यान्वयनमा पालिकाको मुख्य जिम्मेवारी

काठमाडौँ, २३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक दायित्व सिर्जना भएको बताउनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको १८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले चालू आर्थिक वर्षका लागि स्वास्थ्य बीमामा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो ।

स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा वार्षिक रूपमा झण्डै २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएकोप्रति उहाँले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सरकारले रुखबाट पैसा टिपेर नल्याउने भन्दै नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको सीमा र वित्तीय अनुशासनभित्र रहेर मात्र खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गौतमका अनुसार संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्यवस्था गरे पनि यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी स्थानीय तह अर्थात् पालिकाको रहेको छ ।

पालिकाले स्वास्थ्य सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गर्दै मन्त्री गौतमले स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि स्रोतको उचित बाँडफाँट र कडाइका साथ वित्तीय अनुशासन पालना गर्न स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिनुभयो ।