भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भक्तपुर, पुस २८ । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । सभाध्यक्ष प्रजापतिले उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, अतिथि, राजनैतिक तथा सामाजिक अगुवा, बुद्धिजीवी र नगरसभा अवधिभर सहयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले जनप्रतिनिधिहरुलाई जनताको भावनाअनुसार काम गर्न प्रेरित गर्दै स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन सबैले आफ्नो पदअनुसार जिम्मेवारीपूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभामा कर प्रशासनसम्बन्धी संशोधन प्रस्ताव, कर्मचारी म्याद थप प्रस्ताव र विभिन्न योजनाको रकमान्तरण तथा बजेट स्रोत सुनिश्चितताका लागि बजेट संशोधन प्रस्ताव र संगठन तथा व्यवस्थापन सर्वेक्षण (इबलमः०) प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

सभामा अपांगता भएका व्यक्तिहरुको परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति, खेलकुद समिति, आर्थिक तथा लेखा समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, निर्माण समिति, बजार अनुगमन समिति, योजना अनुगमन समिति, वातावरण तथा पर्यटन समिति, शिक्षा समिति र न्यायिक समितिको प्रतिवेदन सम्बन्धित समितिका संयोजक तथा सदस्यहरुले प्रस्तुत गरेका थिए ।

भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नगरसभाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभयो । नगरसभाले राष्ट्रपति मादुरो दम्पतिमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन र उहाँहरुलाई सकुशल रिहा गराउन प्रस्ताव पारित गरेको थियो । उन्नाइसौं नगरसभा २०८२ पुस २४ गतेबाट सुरु भई २८ गतेसम्म तीन दिन चलेको थियो ।