भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर, १३ असार । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट नगरसभाबाट सर्वसम्मतिले पारित भएको छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहितको बजेट पारित गरेको हो।

नगरपालिकाकी उपप्रमुख रजनी जोशीले असार ८ गते नगरसभामा रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार को बजेट प्रस्तुत गर्नु भएकाे थियाे । बैठकमा छलफलपछि नगरप्रमुख प्रजापतिले सभासद्हरूको सुझाव, समर्थन र सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उपप्रमुख जोशीले बजेट सफलतापूर्वक कार्यान्वयन गर्न सबैको साथ आवश्यक रहेको बताउँदै भक्तपुरलाई नमुना नगर बनाउन नगरपालिकाको निरन्तर प्रयास रहेको स्पष्ट पार्नुभयो। घाट व्यवस्थापन, खेलमैदान निर्माण लगायतका चुनौतीबारे जानकारी दिँदै उहाँले विगतका वर्षहरूमाझैँ प्राथमिकताका क्षेत्रहरूमा बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो।

छलफलमा तारादेवी शाक्य, हेरा ख्याजु, ज्ञानबहादुर मानन्धर, सिद्धिराम अवाल, इन्द्रबहादुर प्याठ, लगायतले विविध सुझाव र सल्लाहहरू प्रस्तुत गर्नुभएकाे थियाे । उहाँहरूले कमलविनायक बहुउद्देश्यीय भवन, अव्यवस्थित वधशालाहरूको व्यवस्थापन, बालसेवक आधारभूत विद्यालयको स्थानान्तरण, शिक्षक सम्मान, शिशु स्याहार केन्द्रलाई मन्टेश्वरी अवधारणामा सञ्चालन, सडकबत्ती मर्मत, घाट पुनःनिर्माण, सहकारी व्यवस्थापन, र भूकम्पपीडित पुरातात्त्विक संरचनाको पुनःनिर्माण जस्ता विषयमा बजेट विनियोजन र कार्ययोजना ल्याउन आग्रह गर्नुभएकाे थियाे । 

बैठकले महालेखापरीक्षकको कार्यालयबाट पेश भएको आ.व. २०७९/८० र २०८०/८१ को भक्तपुर नगरपालिकाको लेखा परीक्षण प्रतिवेदनमा उठेका बेरुजुहरूबारे लेखा समितिबाट प्रस्तुत प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।

बैठकमा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले हालै सम्पन्न सिचाङ स्वशासित क्षेत्रको भ्रमणबारे अनुभव प्रस्तुत गर्नुभयो। उहाँले नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा ल्हासामा सम्पन्न भगिनी नगरपालिका सम्मेलन र त्यसबाट भक्तपुर नगरले लिनसक्ने सिकाइबारे जानकारी दिनुभयो।

भक्तपुर, जेठ २७। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तर्जुमाको तयारीस्वरूप नगरका किसान तथा मजदुरहरूसँग राय सुझाव संकलन गरेको छ। मंगलबार सम्पन्न भेलामा नगरप्रमुख सुनिल प्रजापतिले नेपाल कृषि प्रधान देश भएकाले कृषिको विकासबाटै समृद्धिको बाटो खुल्ने धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख प्रजापतिले नगरपालिकाले जनताको सल्लाहअनुसार नीति तथा कार्यक्रम अघि बढाइरहेको बताउँदै घोषणापत्रअनुसार गरिएका प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधि सक्रिय रहेको जानकारी दिनुभयो ।

उहाँले किसानलाई तालिम, सहुलियत दरमा मल र उन्नत बीउ वितरण हुँदै आएको र विषादीरहित परम्परागत बालीमा ध्यान केन्द्रित गरिएको बताउनुभयो। कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आगामी बजेटमा नागरिकको सुझाव समावेश गर्न भेला आयोजना गरिएको जानकारी दिनुभयो।

भेलामा सहभागी कृषक र मजदुर प्रतिनिधिहरुले कृषि अनुसन्धान केन्द्र स्थापना, उन्नत बीउ–मलको वडामार्फत वितरण, सल्लाघारी क्षेत्रमा सार्वजनिक शौचालय, दुग्ध चिस्यान केन्द्रको पुनःसञ्चालन, आगलागी पीडितलाई सहयोग वृद्धि, राम मन्दिर पुलको पुरातात्विक शैलीमा पुनःनिर्माण, डकर्मी पेशामा युवालाई आकर्षण गर्ने कार्यक्रम, स्वास्थ्य शिविर र परम्परागत सांस्कृतिक बाजाको प्रवर्द्धनलगायतका सुझाव प्रस्तुत गरेका थिए। नगरपालिकाले प्राप्त सुझावलाई बजेट तर्जुमा प्रक्रियामा समावेश गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं, १३ वैशाख  । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउने तयारीमा सरकार यतिबेला  व्यस्ततामा रहेको छ। सार्वजनिक बिदा भए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित मन्त्रालयका कर्मचारीहरू आज शनिबार पनि बजेट निर्माणकै काममा खटिएका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार, मन्त्रालयले विभिन्न क्षेत्रसँग नीति, कार्यक्रम र बजेट सम्बन्धी छलफलहरू तीव्र रूपमा अघि बढाएको छ। संसद्को बजेट अधिवेशन हिजोदेखि सुरु भइसकेको छ भने आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने र २८ गतेदेखि प्रि–बजेट छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारले २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्ब रुपैयाँ निर्धारण गरेको छ। यस पटकको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना नसमावेश गर्ने नीति लिइएको छ। यसबाट बजेटलाई लक्ष्यमुखी र प्रभावकारी बनाउने सरकारको तयारी देखिन्छ।

अर्थ मन्त्रालयले बजेटमा समावेश गरिने कार्यक्रमहरूको प्राथमिकता निर्धारण गर्दै राष्ट्रिय आवश्यकताअनुसार स्रोतको परिचालन गर्ने कार्यलाई पनि तीव्रता दिएको छ।