भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

काठमाडौँ, २८ साउन । श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ। मङ्गलबार बौद्ध महाङ्काल चौर प्राङ्गणमा लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूले आ–आफ्नो धार्मिक विधि–पद्धतिअनुरूप यज्ञ मण्डप स्थापना गरी महाङ्कालको पूजाअर्चना गरेका हुन ।

boudhanath-mahankal-jatra

हिन्दू एवं बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थितिमा सम्पन्न यो दृश्य अत्यन्त मनमोहक देखिएको थियो। पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले समेत उपस्थित रही, गुरूहरूले गरेका पूजापद्धतिको अवलोकन गरेका थिए। उनीहरूले महाङ्कालको पूजा गरी प्रसाद ग्रहण गर्दै समितिले धार्मिक सहिष्णुता कायम राख्न गरेको प्रयासको प्रशंसा गरे।

boudhanath-mahankal-jatra

हिन्दू र बौद्ध धर्मावलम्बी दुवैले महाङ्कालप्रति समान आस्था राख्ने हुँदा यस प्रकारको सहअस्तित्वको संस्कृति सधैं कायम रहोस् भन्ने कामनासहित पूजाअर्चना गरिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले बताए। पूजाअर्चना सम्पन्न भएपछि प्रसाद ग्रहणसँगै ऐतिहासिक बौद्ध महाङ्काल जात्राको विधिवत् रूपमा सुरूवात गरिएको थियो।