भर्खरै : Sorry, your browser does not support inline SVG.

बझाङ, १२ जेठ । असार नजिकिँदै जाँदा बझाङका किसानहरू घट्टमा गहुँ, कोदो, मकै पिसेर खाद्यान्न संकलनमा जुटेका छन्। आधुनिक मिलको पहुँच नपुगेको गाउँमा पानी घट्ट अझै भरपर्दो विकल्प बनेका छन्।

महिलाहरूका लागि घट्ट पिठो पिस्ने मात्र नभई भलाकुसारी गर्ने थलो पनि भएको छ। पिठो पिस्न जाँदा गफगाफ, सुखदुःख साटासाट हुने गरेका छन्। घट्ट चलाएर घरखर्च धान्ने गृहिणीहरू अझै पनि छन्।

दुर्गाथली गाउँपालिकामा ३५ घट्ट सञ्चालनमा छन्, जसबाट स्थानीय तहले कर उठाएर शिक्षा, कृषि र पूर्वाधारमा लगानी गरिरहेको छ। बिजुलीको अभावमा साना उद्योगको सम्भावना सीमित हुँदा, घट्ट नै किसानको भरपर्दो सहारा बन्न पुगेको हो।