भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौं,३० जेठ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गर्न भ्रामक र तथ्यहीन भिडियो बनाउनेहरूले कानुनी सजाय पाउनुपर्ने बताएकी छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राणाले आफूविरुद्ध बनाइएका ती भिडियोहरू सरकारी निकायमा दर्ता नभएको पत्ता लागेपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाउन नसकिएपछि राज्यको कानूनअनुसार न्याय खोजेको उल्लेख गरिन्।

‘उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ र कानूनले जे सजाय दिन्छ हामी त्यसैलाई मान्नेछौं’, उनले लेखेकी छिन्।राणाले आफूलाई प्रेस स्वतन्त्रताको महत्व राम्ररी थाहा भएको र मिडियाले जिम्मेवारी र विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिएकी छिन्।

कांग्रेसको जिम्मेवार सदस्यको हैसियतले उनले प्रेस स्वतन्त्रता र जिम्मेवारी दुवैलाई महत्त्व दिएकी छिन्। उनले भनिन्, ‘लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक हुन्। कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडियाले जिम्मेवार हुनुपर्छ।’

यसअघि पत्रकार दिलभूषण पाठकले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई हिल्टन होटलको शेयर प्रकरणमा जोडेर भिडियो बनाएका थिए। प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई खोजिरहेको छ। तर पाठक सम्पर्कविहीन छन्।