भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

एजेन्सी, ९ असाेज । गाजामा गएराति इजरायलले गरेको आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका अनुसार गाजाको दराज क्षेत्रस्थित फिरास मार्केट नजिकको एक आवसीय भवन र शरणार्थी बसेको त्रिपालमा आक्रमण हुँदा कम्तीमा २० जनाको ज्यान गएको हो । मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् ।

इजरायली सेनाले भने यो आक्रमण दुई हमास लडाकुलाई लक्षित गरेर गरिएको दाबी गरेको छ । त्यसैबीच इजरायली सेना (आईडीएफ) का ट्यांकहरू गाजाको मुख्य क्षेत्रमा अघि बढेका छन् । इजरायली सेनाले हमासको मुख्य क्षेत्रमा प्रवेश गरी बन्धकहरूको रिहाइलाई प्राथमिक उद्देश्य बनाएको जनाएको छ ।

उनका अनुसार बन्धकलाई मुक्त गर्नु र हमासलाई अन्तिम हार चखाउनु सैन्य कारबाहीको मुख्य लक्ष्य हो । हालैको तथ्यांकअनुसार अझै पनि करिब ५० जना बन्धक हमासको कब्जामा रहेका छन् ।

यीमध्ये नेपालका विपिन जोशीसहित कम्तीमा २० जना जीवित रहेको विश्वास गरिएको छ । यसअघि हमासले विपिनसहितका बन्धकहरूको तस्बिर सार्वजनिक गर्दै त्यसलाई ‘बिदाइ सूची’ नाम दिएको थियो ।

एजेन्सी, ६ भाद्र ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको कब्जामा रहेका बाँकी सबै बन्धकलाई मुक्त गर्न तात्कालिक वार्ता सुरु गर्न निर्देशन दिनुभएको छ। नेतन्याहुले हिजो इजरायली सैनिकहरूलाई सम्बोधन गर्दै क्याबिनेटले गाजा सिटी नियन्त्रणमा लिन ठूलो आक्रमणको योजना स्वीकृत गरिसकेको जानकारी दिए ।

कतार र इजिप्टको मध्यस्थतामा हमासले हालै ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरे पनि नेतन्याहुले त्यसलाई अस्वीकार गर्दै इजरायल सबै बन्धक एकैपटक मुक्त भएपछि मात्रै सम्झौता सम्भव हुने बताउनुभएको बीबीसीले जनाएको छ।

इजरायली अधिकारीका अनुसार, वार्ताका लागि ठाउँ निश्चित भएपछि वार्ताकारहरू पठाइने तयारी भइरहेको छ। तर नेतन्याहुले युद्ध अन्त्यका लागि हमासको निशस्त्रीकरण, सीमामा इजरायली नियन्त्रण र गैर–हमास प्रशासन स्थापना हुनुपर्ने शर्त राखेका छन् । 

यसैबीच गाजा सिटीका पूर्वी क्षेत्रमा हिजो ठूलो बमबारी भएको छ। इजरायली सेना (आईडीएफ)ले झन्डै १० लाख मानिसलाई दक्षिणतर्फ सार्न चेतावनी दिएको छ। तर गाजाको स्वास्थ्य मन्त्रालयले यस्तो कदम स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने भन्दै अस्वीकार गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो। सो आक्रमणमा १२ को ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

कञ्चनपुर, १२ असार । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्‍याएर बन्धक बनाइएका ५८ जना नेपाली युवाको उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा २३ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी हिजो ल्याइएको हो ।

नागरिक संस्था किन नेपालरकिन इन्डिया, भारतमा रहेको नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको हो ।

उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अरु चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बाग्लुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् । रासस