भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौँ, २५ पुष ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ ।

एनआरएनए एनसीसी यूएसएले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संस्थाको आयोजनामा अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संघले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट गर्दै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नभएको जानकारी गराइन्छ।’

संस्थाले आफ्नो नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रमहरू सञ्चालन भइरहेको तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिको आशंका हुने खालको विश्वसनीय जानकारी प्राप्त भएको समेत जनाएको छ ।

एनआरएनए एनसीसी यूएसएले कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग आफ्नो संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

संस्थाको आधिकारिक स्वीकृतिबिनाका कार्यक्रम, भ्रमण, फन्डरेजिङ वा अन्य गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।