भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौं, १८ जेठ । गायिका सपना शाहीको आधिकारिक युट्युब च्यानलबाट नयाँ नेपाली लोकदोहोरी गीत ‘फुल फुलेको डाली’ सार्वजनिक गरिएको छ।

नेपाली लोकसंगीतको मिठास, प्रेम, भावना र मौलिक संस्कृतिको सुन्दर प्रस्तुति बोकेको गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्न थालेको छ।

गीतमा गायिका सपना शाही र गायक बम बहादुर सानुको सुमधुर स्वर रहेको छ। गीतका शब्द विमला विक, र संगीत बम बहादुर सानुकाे रहेकाे छ । गीतको रेकर्डिङ म्युजिक सिटी स्टुडियोमा गरिएको छ।

शाहीको आधिकारिक युट्युब च्यानल सिङगर सपना शाही युटुब च्यानलबा सार्वजनिक गरिएको म्युजिक भिडियोमा बम बहादुर सानु, रञ्जना धमला, करिश्मा सानु, नबिन सानु, महेन्द्र बिसी, नमराज बिसी, लक्ष्मी बिसी, रेशम कार्की तथा बोहरा बेनीको अभिनय रहेको छ। कलाकारहरूको अभिनयले गीतको भाव र कथावस्तुलाई जीवन्त बनाएको छ।

लोकदोहोरी संगीतप्रेमी दर्शकलाई लक्षित गरी तयार गरिएको ‘फुल फुलेको डाली’ले गाउँघरको परिवेश, प्रेम र आत्मीय सम्बन्धलाई मौलिक शैलीमा प्रस्तुत गरेको छ।

भिडियाे यहाँ छ ……