भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सर्लाही, ७ असार । सर्लाहीको बरहथवा नगरपालिका–४, खैरवाटोलमा शनिबार बिहान सडक विस्तारका क्रममा उत्पन्न विवादले झडपको रुप लिँदा प्रहरीसहित १० जना घाइते भएका छन्।

सडक विस्तारको क्रममा दुई पक्षबीच विवाद चर्किएपछि ढुंगा हानाहान र झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिनुभयो।

घटनामा प्रहरी निरीक्षक दिवाकर गणेश र प्रहरी जवान प्रमेश्वर राय यादव घाइते भए पनि उपचारपछि उनीहरू डिस्चार्ज भएका छन्। अन्य आठ जना घाइते स्थानीयबासीमध्ये गम्भीर घाइते ५० वर्षीय कुलबहादुर कार्की र ५५ वर्षीय टीकाबहादुर कार्कीलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ।

प्रहरीले झडपमा संलग्न रहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ। बरहथवा नगरपालिका वडा नं. ४ ले चालु आर्थिक वर्षको योजनाअन्तर्गत खैराटोलको सडक ढलानका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सडक विस्तार गर्दा दुवै किनाराबाट समान रूपमा जग्गा लिनुपर्ने माग स्थानीयले राखेका थिए। तर, केही व्यक्तिले जबर्जस्ती ढलान गर्न खोजेपछि विवाद उत्पन्न भएको स्थानीयले बताएका छन्।