भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

उदयपुर, १८ जेठ । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण उदयपुर जिल्लाका पहाडी भेगका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । शनिबार बिहानदेखि परेको अविरल वर्षाले सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटार, रौता–नामन्त, नामेटार–ओख्रेनी, रामेटार–भदौरे, पाँबु लगायतका सडक अवरुद्ध छन् ।

स्थानीय विष्णु पाठक र डिल्लीराम मगरका अनुसार पहिराले सडक भत्किएका छन् भने कतिपय ठाउँमा सडक पूरै पुरिएको छ । रौता–मुर्कुची–डिल्लीबर–माझखर्क खण्डमा बाढीले सडक बगाउँदा सवारी आवागमन ठप्प छ । माझखर्कका जम्बु शेर्पाले मोटरसाइकलसम्म चलाउन नसकिने अवस्था रहेको बताए ।

लिम्चुङबुङ बासबोटे, भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडकसमेत अवरुद्ध छन् । बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको जानकारी स्थानीय गङ्गा मगरले दिइन् । शनिबारको भारी वर्षाले चारवटा पहाडी गाउँपालिकाका सडकहरू सञ्चालनमा नरहेको जनाइएको छ ।