भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

काठमाडौं, ५ असार । देशका विभिन्न भागमा लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण ११ वटा मुख्य राजमार्गहरूमा आवागमन अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लाका सडकहरु प्रभावित भएका छन्।

नेपाल प्रहरीका अनुसार, तीमध्ये ६ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ वटा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

सडक अवरुद्ध भएका स्थानहरूको सूची:
१. धनकुटा – सडक पूर्ण अवरुद्ध
२. सिन्धुपाल्चोक – सडक पूर्ण अवरुद्ध
३. काभ्रे – सडक एकतर्फी सञ्चालन
४. चितवन – सडक पूर्ण अवरुद्ध
५. नवलपरासी – सडक एकतर्फी सञ्चालन
६. म्याग्दी – सडक पूर्ण अवरुद्ध
७. गुल्मी – सडक एकतर्फी सञ्चालन
८. जुम्ला – सडक पूर्ण अवरुद्ध
९. डोटी – सडक एकतर्फी सञ्चालन
१०. बागलुङ – सडक पूर्ण अवरुद्ध
११. पाल्पा – सडक एकतर्फी सञ्चालन

प्रहरी र सडक विभागका टोलीहरू सडक खुलाउन खटिएका छन्। लगातारको वर्षा र पहिरोको जोखिम कायम रहेकाले यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सडक अवरुद्ध भएका क्षेत्रहरूमा सुरक्षाकर्मी, डोजर र स्थानीय निकायको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको छ।