भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सिन्धुली, १७ साउन । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि पहिरो र लेदोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिर र बलेनीमा सडकमा ठूलो मात्रामा लेदो र माटो जमेर सवारीसाधन चल्न नसक्ने अवस्था भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना ७ ख ७८९० नम्बरको ट्रक लेदोमा फसेपछि सडक एकतर्फी मात्र होइन, पूर्णरूपमा ठप्प भएको छ। त्यससँगै अन्य दुई ट्रक पनि विभिन्न स्थानमा फसेका छन्।

सडक अबरुद्ध भएपछि खुर्कोट-घुर्मी सडकखण्ड भएर यात्रा गर्ने सवारीसाधनहरु खुर्कोटमै रोकिएका छन्। विशेषगरी ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायत पूर्वी जिल्लाबाट राजधानी काठमाडौँ जाँदै गरेका यात्रुहरु बाटो खुल्ने पर्खाइमा छन्।

प्रहरीका अनुसार निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिन भइरहेको छ भने सडक खुलाउन प्रयास तीव्र पारिएको छ। अहिले डोजर तथा मानव संसाधन परिचालन गरी सडक सफा गर्ने कार्य अगाडि बढाइएको छ। वर्षा नरोकिएसम्म जोखिम अझ बढ्न सक्ने अनुमान गरिएको छ।