भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौँ, २५ बैशाख । काठमाडौँको तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्। उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

बानेश्वर प्रहरी वृत्तका अनुसार, घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने २७ वर्षीय पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीया मेनुका बुढाथोकी छन्। उनीहरूको उपचार भइरहेको छ।

आज बिहान करिब ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ आइरहेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस चालक ५९ वर्षीय राम कुमार खड्का हुन्।

बस चालक, भ्यान र मोटरसाइकललाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ भने बस काठमाडौँ उपत्यका ट्राफिक महाशाखा, रामशाहपथको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।