भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाण्डौ, ९ जेठ । काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि यात्रुको लगेज (झोला) मा ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागिएको हो ।

यसबारे हिजो काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ ।

यसले यात्रुको सामान सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय यातायात व्यावसायिक महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो ।

कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । त्यही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ । रासस

काठमाडौं , १९ जेठ । सार्वजनिक सवारी साधन नचलेपछि सर्वसाधारण मर्कामा परेका बेला नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आफ्नै पहलमा बस सञ्चालन गरेको छ। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नयाँ नियमावलीको विरोधस्वरूप आइतबार यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरे। त्यसको असर काठमाडौं उपत्यकामा समेत देखिएको छ, जहाँ यात्रुहरू गन्तव्यमा पुग्न निकै समस्यामा परे।

यही अवस्था देखेर नेपाल प्रहरीले दुई वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, “यात्रीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दुई वटा बस तयार गरिएको छ।” सवारी बन्दसँगै राइड सेयरिङ सेवाको शुल्क पनि अचानक बढेको छ भने अफलाइन सवारी सेवा चलाउनेहरूको संख्यामा वृद्धि भएको छ। यसले थप आर्थिक बोझ सिर्जना गर्दै सर्वसाधारणलाई अप्ठेरोमा पारेको छ।