भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

एजेन्सी, २५ असार । इरानले अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप खाडी क्षेत्रका कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अखडामाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ। यससँगै केही साताअघि भएको युद्धविरामपछि क्षेत्रीय तनाव पुनः चुलिएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जुलाई ८ र ९ मा भएको अमेरिकी हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको तथा ७८ जना घाइते भएका छन्। यता अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानका करिब ९० सैन्य लक्ष्यमा आक्रमण गरिएको पुष्टि गरेको छ।

ती लक्ष्यमा हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारणस्थल र तटीय सैन्य पूर्वाधार समावेश रहेको जनाइएको छ।

यसैबीच कतारले सबै पक्षलाई संयमता अपनाउँदै कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो घटनाक्रम पूर्ण युद्धमा रूपान्तरण नहुने विश्वास व्यक्त गरेका छन्।

उता, इरानले थप आक्रमण भए त्यसको कडा जवाफ दिइने चेतावनी दोहोर्‍याउँदै हर्मुज जलडमरूमध्य आफ्नो व्यवस्थाअनुसार मात्र सञ्चालन हुने जनाएको छ।

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको प्रतिशोधस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’ मुख्यालयमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकी सैन्य आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको उल्लेख गर्दै अमेरिका वा उसका सहयोगीबाट थप आक्रमण भए अझ कडा प्रतिक्रिया दिइने चेतावनी दिएको छ।

इरानी पक्षका अनुसार अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक र केशम टापु आसपासका विभिन्न स्थानमा आक्रमण गरेको थियो। ती आक्रमणबाट दूरसञ्चार पूर्वाधार तथा अन्य केही संरचनामा क्षति पुगेको दाबी गरिएको छ।

यसअघि अमेरिकी सेनाले इरानका केही राडार तथा हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो। त्यसपछि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रतिकारात्मक कारबाही गरेको दाबी गरेको छ।

यद्यपि अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानले फिफ्थ फ्लिट मुख्यालयमा क्षति पुर्‍याएको दाबीलाई अस्वीकार गर्दै आफ्ना सैन्य संरचनामा कुनै क्षति नभएको जनाएको छ।

मध्यपूर्वमा अमेरिका–इरान तनाव पुनः चर्किएसँगै क्षेत्रीय सुरक्षाबारे चिन्ता बढेको छ भने बहराइन र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ।