भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा

हतुवागढी–५, होम्ताङका ७१ वर्षीय सकतबहादुर राईले २० रोपनीमा व्यावसायिक एभोकाडोखेती।

बाँझो जमिन सदुपयोग गर्दै कृषिबाट आत्मनिर्भर बन्ने लक्ष्य।

एभोकाडो बिक्रीबाट घरखर्च र बचत, वार्षिक रु १०–१२ लाख आम्दानीको लक्ष्य।

उत्पादन काठमाडौँ, विराटनगर, धरान, इटहरी लगायत देशका ठूला सहरमा बिक्री।

बहुवर्षीय बाली विस्तारले दीर्घकालीन आम्दानी सम्भव।

स्थानीय उत्पादनको यातायात र बजारीकरणमा समस्या, राज्यको सहयोग आवश्यक।

भोजपुर, २ कार्तिक । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताए । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ । बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ ।

“व्यावसायिक रूपमा एभोकाडोखेती गरिरहेको छु, बाँझो जमिनलाई प्रयोग ल्याउने लक्ष्यले खेती विस्तारमा लागेको हुँ । एभाकाडो बिक्रीबाट घरखर्च गरेर केही पैसा बच्छ”, ”उनले भने ।

भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उनले बताए । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडौँ, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहरमा पुग्ने गरेका छन् ।

कृषिबाट आत्मनिर्भर बन्ने उद्देश्यले बहुवर्षीय बालीको विस्तारमा जोड दिइएको उनको भनाइ छ । “बहुवर्षीय बाली विस्तार गरेमा लामो समयसम्म आम्दानी लिन सकिन्छ”, उनले भने, “बिरुवालाई राम्रोसँग हुर्काएमा सामान्य हेरचाह गर्दा सहज रूपमा दीर्घकालसम्म आम्दान हुन्छ ।”

स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाएसँगै पछिल्लो समय भोजपुरमा व्यावसायिक कृषिमा जुट्नेको सङ्ख्या बढ्दै गएको छ ।

ग्रामीण भेगमा उत्पादन भएको वस्तुको सहज यातयात नहुँदा भने बजारीकरणमा समस्या रहेको किसानहरूले बताउने गरेका छन् । किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा भने राज्यले ध्यान दिए सहजता हुने किसानहरूको भनाइ छ । रासस