भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौं, १६ असाेज । पछिल्लो समय गाई–भैंसीलगायत पशु चौपायामा बाँझोपन (infertility) को समस्या तीव्र रुपमा बढिरहेको छ। यसले किसानलाई दूध उत्पादनमा मात्र होइन, अरबौँको क्षति बेहोर्नुपर्ने स्थितिमा पुर्‍याएको छ।

पशु चिकित्सकहरूका अनुसार, समयमै पोषणयुक्त आहार नपाउने, नाम्ले तथा जुकाको औषधि नदिने, रोगको समयमै उपचार नगर्ने जस्ता कारणले बाँझोपन बढ्दै गएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा गाई–गोरु संख्या : ५१ लाख ९८ हजार, भैंसी/राँगा संख्या : ३३ लाख ७ हजार, दुधालु गाई : १० लाख ६३ हजार, दुधालु भैंसी : १२ लाख ५१ हजार, बाँझोपन बढे पनि दूध उत्पादन भने वृद्धि देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ : २५ लाख ६६ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७९/८० : २६ लाख १३ हजार मेट्रिक टन, आर्थिक वर्ष २०८०/८१ : २६ लाख ८३ हजार मेट्रिक टन तर, बाँझोपन दीर्घकालीन रूपमा बढे दुग्ध क्षेत्रमा ठूलो असर पर्ने सरोकारवालाहरूको चिन्ता छ।

गत वर्ष चैतदेखि असारसम्म गण्डकी प्रदेशका स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गरिएको अध्ययनले ३६.८८% पशुमा बाँझोपन रहेको देखाएको थियो। देशव्यापी रूपमा औसत २०% को हाराहारीमा बाँझोपन हुने तथ्य पाइएको छ।

पशु चिकित्सकहरूका अनुसार सामान्य अवस्थामा स्वस्थ जनावरले १२–१४ महिनामा बच्चा जन्माउने गर्छ। तर, प्रजनन अङ्गमा रोग, सङ्क्रामक रोग, बारम्बार गर्भाधान, मौन गर्मी, सिस्टिक अण्डाशय आदि कारणले गर्भ रहँदैन। पोषण समस्या : कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन ए को कमी। रोगजन्य कारण : ब्याक्टेरिया, भाइरस वा प्रोटोजोल रोग। अन्य कारण : उमेर, मौसम, तापक्रम, असामान्य शारीरिक अवस्था।

पशु चिकित्सक डा. रविन बस्ताकोटीका अनुसार, कार्बोहाइड्रेट कमी हुँदा शुक्राणु उत्पादनमा कमी आउँछ, क्याल्सियमको कमीले प्रजनन समस्या बढाउँछ भने भिटामिन–ए को कमीले पाठेघरमा प्रतिकूल असर पुर्‍याउँछ। उपयुक्त समयमा मात्र गर्भाधान गर्ने। जन्मदेखि नै उचित पोषण र खनिज मिश्रण दिने।सफा पिउने पानी र गर्मी कम गर्ने वातावरण व्यवस्थापन गर्ने।

पटक–पटक गर्भाधान नगर्ने, यसले प्रजनन अङ्गलाई स्थायी क्षति पुर्‍याउँछ। असामान्य शारीरिक अवस्था भएका जनावर छुट्याउने। प्रजनन पथका सङ्क्रमण वा रोगमा समयमै उपचार गर्ने। आवश्यक परे तत्काल पशु चिकित्सकसँग परामर्श लिने।

पशु चिकित्सकहरूको भनाइमा, बाँझोपनको समस्या समाधान गर्न किसानले समयमै सचेत भई आहार, स्वास्थ्य, उपचार र व्यवस्थापनमा ध्यान दिन जरुरी छ। यसो गरे दुग्ध उत्पादन स्थिर र दीर्घकालीन रूपमा लाभदायक बनाउन सकिने विश्वास लिइएको छ।