भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदाहरू

गाईजात्रा तथा रोपाइँ जात्रालाई तामाङ भाषामा ‘घोनाई’ भनिन्छ।

साउन २५ र २६ गते बौद्धमा दुईदिने घोनाई जात्रा आयोजना गरिने।

कार्यक्रमको संयोजन श्री बौद्ध तामाङ कल्याण गुठी र घोनाई मूल समारोह समिति

जनैपूर्णिमादेखि गाईजात्रा हुँदै रोपाइँ जात्रासम्म पर्व मनाइने।

मृत आत्माको सम्झनामा घर–घरबाट रोपार, बाउसे, लाखे आदि बनाएर जात्रामा सहभागी गराइने।

रोपाइँ जात्रा मौलिक कृषि संस्कृति र धार्मिक भावनाको मिश्रण हो।

१३ विधामा प्रतिस्पर्धा र पुरस्कारको व्यवस्था — रोपार, बाउसे, लाखे, झाँकी, घोडा, विद्यालय आदि।

पुरस्कार राशी: प्रथम – रु १०,०००, द्वितीय – रु ७,०००, तृतीय – रु ५,०००, सान्त्वना – रु २,५००–३,५००।

घोनाई मौलिक नाच विधामा विशेष पुरस्कार।

संस्कृति संरक्षण, मनोरञ्जन र समावेशी सहभागिता यो जात्राको मूल उद्देश्य हो।

काठमाडौं, २२ साउन । काठमाडौंको बौद्धमा आगामी साउन २५ र २६ गते गाईजात्रा तथा रोपाई जात्रा, तामाङ समुदायमा प्रचलित ‘घोनाई’ पर्व, भव्य रूपमा मनाइने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराउँदै आयोजकहरूले कार्यक्रमको विविध पक्षबारे जानकारी गराएका हुन्।

नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो भने बौद्धजस्ता ऐतिहासिक एवं सांस्कृतिक नगरमा मनाइने रोपाई जात्राले तामाङ समुदायको मौलिक संस्कृतिको पहिचान झल्काउँछ। स्थानीय भाषामा ‘घोनाई’ भनिने यो पर्व जनैपूर्णिमा अर्थात् ‘घोनाई ड्या’ देखि आरम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा पुगेर समापन हुन्छ। यो जात्रा अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछ।

जनैपूर्णिमाका दिन तामाङ समुदायमा मन्दिर, चैत्य, कुलदेवता र खेतबारीमा क्वाँटी र तीतेपाती चढाउने चलन छ भने घरघरमा क्वाँटी पकाइन्छ। नेवारी समुदायमा गाईजात्रा ‘सापारु’ का नामले चिनिन्छ, जुन दिवंगत आत्माहरूको सम्झनामा मनाइने पर्व हो। यसै सन्दर्भमा रोपार, बाउसे, हलीजस्ता भूमिकामा कलाकारहरूले अभिनय गरी रोपाइँको प्रतीक प्रस्तुत गर्ने परम्परा छ।

गाईजात्राको औपचारिक शुरुआत कान्तिपुरका राजा प्रताप मल्ल (सन् १६४१–१६७४) ले गरेका हुन् भन्ने मान्यता छ। छोरा चक्रवतीन्द्र मल्लको असमय मृत्युपछि शोकमा डुबेकी रानी अनन्तप्रियालाई सान्त्वना दिन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएका थिए। कतिपय संस्कृतिविद्हरू गाईजात्राको सुरुआत त्यसभन्दा पहिलेदेखि नै भएको उल्लेख गर्छन्। त्यसैको निरन्तरता स्वरूप बौद्ध क्षेत्रमा पनि रोपाइँ जात्रामा दिवंगत आत्माको सम्झनामा घरघरबाट बाउसे, रोपारका रूपमा सहभागी गराउने चलन रहिआएको छ।

गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) मूल समारोह समिति २०८२ को आयोजनामा श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा कार्यक्रम हुने भएको हो। यस वर्षका लागि विभिन्न १३ विधामा पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिनेछ। प्रमुख विधाहरू यसप्रकार छन्:

हल गोरु, युवा तथा बाल बाउसे र रोपार, व्यङ्ग्य, हास्य, युवा तथा बाल लाखे, झाँकी, घोडा प्रदर्शन, विद्यालयस्तरीय प्रस्तुति, घोनाई मौलिक नाच (विशेष पुरस्कार)

प्रत्येक विधामा प्रथमलाई रु १०,०००, द्वितीयलाई ७,०००, तृतीयलाई ५,००० र सान्त्वना पुरस्कारको रूपमा २५०० रुपियाँ प्रदान गरिने छ। झाँकी विधामा सान्त्वना पुरस्कार रु ३,५०० रहनेछ।

घोनाई जात्रा तामाङ समुदायको मौलिक पहिचान मात्र नभई सम्पूर्ण नेपाली समाजमा सहिष्णुता, संस्कृति र सहअस्तित्वको प्रतीक हो। यस्तो पर्वले बहुसांस्कृतिक समाजमा एकताको भावना अभिवृद्धि गर्दै नेपाललाई साँस्कृतिक सम्पदाको धनी राष्ट्रको रूपमा चिनाउन सहयोग पुर्याउनेछ।