भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीले अहिलेसम्म ४३ जनाको ज्यान गएको पुष्टि भएको छ ।  जसमध्ये १५ जना बालबालिका छन् । स्थानीय अधिकारीहरूका अनुसार अझै २७ बालबालिका बेपत्ता छन् ।

बेपत्ता भएका बालबालिका ग्वाडालुप नदी किनारमा रहेको एक क्रिश्चियन युवा क्याम्पमा सहभागी थिए । नदीमा आएको भीषण बाढीले क्याम्प बगाउँदा उनीहरू सम्पर्कविहीन भएका हुन् । प्रारम्भिक जानकारी अनुसार हालसम्म करिब ८५० जनाको उद्धार गरिएको छ ।

जोखिम कायमै रहेको भन्दै आगामी हप्तासम्म बाढीको प्रभाव रहन सक्ने चेतावनी जारी गरिएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले राहत तथा उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन् ।

ग्वाडालुप नदीमा पानीको सतह २५ फिटभन्दा माथि पुगेपछि बालबालिका भएको क्याम्प पूर्ण रूपमा बगेको बताइएको छ । संघीय सरकारको सहयोगमा कोष्ट गार्डलाई उद्धार तथा खोजी कार्यमा परिचालन गर्ने तयारी भइरहेको छ ।