भर्खरै : Sorry, your browser does not support inline SVG.

मुख्य बुँदा

बागमती विश्वविद्यालयले परीक्षा सकिएको सातौँ दिनमै नतिजा सार्वजनिक गर्‍यो।

तीनवटै स्नातक सङ्कायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशित।

शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा सबैभन्दा धेरै ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण।

विज्ञान तथा प्रविधिमा ७९.०३ प्रतिशत र व्यवस्थापन तथा कानुनमा ७२.५८ प्रतिशत उत्तीर्ण।

काठमाडौं, १७ असार । बागमती विश्वविद्यालयले पहिलो सेमेस्टरको परीक्षा सम्पन्न भएको सातौँ दिनमै परीक्षाफल सार्वजनिक गर्दै नतिजा प्रकाशनमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।

विश्वविद्यालयअन्तर्गत सञ्चालित व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान सङ्कायको पहिलो सेमेस्टर परीक्षाको नतिजा परीक्षा सकिएको एक साताभित्रै सार्वजनिक गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

उनका अनुसार विश्वविद्यालयले एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा स्नातक तहको पठनपाठन सुरु गरेको थियो। सोहीअन्तर्गत सञ्चालन भएको पहिलो सेमेस्टर परीक्षाको नतिजा समयमै सार्वजनिक गरिएको हो।

प्रकाशित नतिजाअनुसार व्यवस्थापन तथा कानुन सङ्कायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि सङ्कायमा ७९.०३ प्रतिशत तथा शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

विश्वविद्यालयले समयमै नतिजा सार्वजनिक गरेर शैक्षिक गतिविधिलाई प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता दोहोर्‍याएको जनाएको छ।