भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

ताप्लेजुङ, ७ पुष । यहाँको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका बासिन्दा बर्सेनी ब्वाँसो आतंक खेप्न बाध्य छन्। ब्वाँसोको आक्रमणबाट पशुचौपाया उनीहरूले मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ।

यो वर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन्। अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म नौ चौरी मरेका छन्।

फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए।

बर्सेनि हुने यस्ताआक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ। एउटा चौरीको मूल्य कम्तीमा ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्छ।

यसरी ब्वाँसोको आक्रमणबाट बर्सेनि घाटा बेहोर्नुपरे पनि यसको नियन्त्रण तर्फ राज्यले खासै चासो नदिएको स्थानीयवासीको गुनासो छ। राहत उपलब्ध गराइए पनि अत्यन्त न्यून मात्र पाइने गरिएको पशुपालक लोप्साङ शेर्पाको भनाइ छ।

नौ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो। यही पेसाबाट जीविकोपार्जन गर्दै आएका उनीहरूलाई ब्वाँसोले लामो समयदेखि दुःख दिँदै आएको छ।

विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै यो क्षेत्रमा आउने गरेका छ्न। यहाँका बासिन्दाले वर्षौंँदेखि यसैगरी ब्वाँसोबाट सास्ती खेप्नुपरेको छ।

यसरी पशुचौपाया मरेका परिवारलाई उचित राहतको प्रबन्ध गर्न न्यून बजेटका कारण समस्या हुने गरेको अध्यक्ष शेर्पाले बताउनुभयो। बजेट अत्यन्तै कम हुने भएकाले पशुपालकका समस्या उचित रूपमा सम्बोधन गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ।

संघ, प्रदेश सरकारले नै यसको नियन्त्रण र राहतमा ध्यान दिनपर्नेमा अध्यक्ष शेर्पाको जोड छ। उक्त ब्वाँसोलाई स्थानीयले च्याङु भनेर चिन्ने गरेका छन्। वर्षातका समयमा भने उक्त ब्वासो देखिने गरेको छैन।

पशुपालक लोप्साङ शेर्पाका अनुसार वर्षातको समयमा यो जनावर चीनतर्फ जाने वा अन्यत्र कता जान्छ भन्ने यकिन हुँदैन। हिउँ चितुवा जस्तै यस जनावरमा पनि (ट्याकिङ उपकरण) जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सकिए प्रभावकारी हुने अध्यक्ष छेतेन शेर्पाले सुझाव दिए। रासस

 


Thali Mobile Pvt.Ltd.