भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

हस्सु र शीतलहरका कारण तराईमा विद्यालय धमाधम बन्द

हस्सु र शीतलहरका कारण तराईमा विद्यालय धमाधम बन्द

काठमाडौं, ८ पुस । तराईका विभिन्न जिल्लामा लगातारको हस्सु र शीतलहरका कारण चिसो अत्यधिक बढेपछि स्थानीय तहहरूले विद्यालयहरू बन्द गर्न थालेका छन्।

विगत चार दिनदेखि निरन्तर बढेको चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पर्सा, बारा, रौतहट र महोत्तरीका विभिन्न स्थानीय तहहरूले जाडो बिदा घोषणा गरेका हुन्।

पर्साको वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ। यसैगरी पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि चिसोका कारण भोलिसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गराएको छ भने सिम्रौनगढ नगरपालिकाले पनि भोलिसम्म विद्यालयमा बिदा दिएको छ। रौतहटको गौर नगरपालिकाले आजदेखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको छ।

यस्तै, महोत्तरीका भंगहा र रामगोपालपुर नगरपालिकाले ६ दिनका लागि विद्यालय बन्द गराएका छन्।पछिल्ला केही दिनयता तराईका जिल्लाहरूमा निरन्तर शीतलहर चलिरहेको छ।

न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस आसपास मात्र रहँदा जनजीवन प्रभावित भएको छ। चिसोका कारण बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय बढी प्रभावित भएका छन्।

 


Thali Mobile Pvt.Ltd.