भर्खरै : Sorry, your browser does not support inline SVG.
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा |

मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड

मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड

तनहुँ । थानीमाइमा ३८ फूलको डोली भित्रिएको छ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार ३८ फूलको डोली भित्रीएको हो ।

पॉच हजार २८ भक्तजनले मन्दिरमा पूजाआजा गरेको र तनहुँ, काठमाडौँ, पोखरा, लमजुङ, नवलपुरबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या दुई सय सात रहेको थियो ।

मङ्सिरको पहिलो मङ्गलबार ४३ र तेस्रो मङ्गलबार २६ फूलको डोली भित्रिएको थियो । दोस्रो मङ्गलबार भने एकादशी परेका कारण फूलको डोली भित्रिएको थिएन ।

 


Thali Mobile Pvt.Ltd.