भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

प्राविधिक ज्ञानको कमीले दुर्घटना भयो

प्राविधिक ज्ञानको कमीले दुर्घटना भयो

काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा पोखरा महानगरले ब्यानर उडाउन बेलुनमा हाइड्रोजन ग्यास भरेको थियो ।

आयोजकको आग्रहअनुसार अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यले बेलुन उडाउन लाग्दा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू ‘फायर क्यान्डिल’बाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्किएको थियो ।

हिलियम ग्यास हाइड्रोजन जस्तो अति प्रज्वलनशील नहुने विज्ञहरुको भनाइ छ । तर हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो पर्ने भएकाले बेलुनमा हावा भर्दा धेरैले हाइड्रोजन ग्यास भर्ने गरेका छन् ।

आउँदा दिनमा यस्तो ग्यास भरिएको बेलुन प्रयोग गर्दा सचेत हुनुपर्ने जनाइएको छ । दुर्घटनामा लापरवाही र प्राविधिक ज्ञानको कमी देखिएको त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.