भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

दुई जनाको हत्या आरोपी खोलामा अवस्थामा मृत फेला

दुई जनाको हत्या आरोपी खोलामा अवस्थामा मृत फेला

रुकुम पूर्व । दुई जनाको हत्याका आरोपी रुकुममा मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुईजनाको हत्या गर्ने हत्या आरोपी मृत फेला परेका हुन ।

घरमै पुगेर हजुरआमा र नातिको हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उनका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका अन्दाजी ५१ वषीय चन्द्रसिंह पुन मृत अवस्थामा भेटिएका हुन ।

घटनाले गाउँ नै शोकमग्न भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित पुनलाई खोज्दै जाँदा खुलखुले खोलामा मृत भेटिएका हुन् ।

खुलखुले खोला घटनास्थल साकिमबाट झण्डै आधा घन्टा टाढा पर्छ । पुनको टाउकोमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.