एमाले छाडेको नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालको घोषणा

एमाले छाडेको नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालको घोषणा image

काठमाडौँ । एमाले छाडेको नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले घोषणा गरेका छन् । आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले बताएका हुन ।

आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने खनालले उल्लेख गरेका छन् । उनले लेखेका छन्– हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन।

म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए । औपचारिक रूपमा ६ असोज २०७९ मा खनाल एमालेमा प्रवेश गरेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda