भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

एमाले छाडेको नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालको घोषणा

एमाले छाडेको नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालको घोषणा

काठमाडौँ । एमाले छाडेको नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले घोषणा गरेका छन् । आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले बताएका हुन ।

आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने खनालले उल्लेख गरेका छन् । उनले लेखेका छन्– हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन।

म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए । औपचारिक रूपमा ६ असोज २०७९ मा खनाल एमालेमा प्रवेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.