भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारलाई माघ १५ गते एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन समितिले बुझाउने

सरकारलाई माघ १५ गते एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन समितिले बुझाउने

काठमाडौं । एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन टंकमणि शर्मा नेतृत्वको समितिले माघ १५ गते बुझाउने भएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन टंकमणि शर्मा नेतृत्वको समितिले माघ १५ गते बुझाउने बताउनुभएको हो ।

मन्त्री शर्माले शेयर खरिद बिक्रीएको सम्बन्धमा समिति अध्ययन तथा छानविनको क्रममा रहेको बताउनुभयो । उहाँले समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानविन प्रक्रिया अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयहरुको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास रहेको बताउनुभयो ।

मन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) प्रणाली कार्यान्वयनको चरणमा रहेको बताउँदै कार्यान्वयनको चरणमा भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको स्वीकार गर्नुभयो । गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।

मन्त्री शर्माले एनसेल शेयर खरिदको विषयमा सरकारले बनाएको छानविन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भएपनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.