भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यस वर्षको एसईई सकियो, असार तेस्रो साता रिजल्ट सार्वजनिक गर्ने तयारी

यस वर्षको एसईई सकियो, असार तेस्रो साता रिजल्ट सार्वजनिक गर्ने तयारी

भक्तपुर । यसपालीको एसईई परीषा सम्पन्न भएको छ । चैत्र १५ गतेबाट संचालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई २०८० शुक्रबार सम्पन्न भएकोहो । यसवर्ष ५ लाख बढी परिक्षार्थीले फारम भरेपनि जापानमा एक गरी देशभर २ हजार ६४ परिक्षा केन्द्रबाट ४ लाख ६७ हजार विद्यार्थी परीक्षामा सहभागि भएको बोर्डले जनाएको छ ।

पहिलो पटक लेटर ग्रेडिङ निर्देशिका २०७८ लागु गरेर परीक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोड जनाएको छ । नयाँ पाठ्यक्रम अनुसार ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने भएपछि विद्यार्थीले पढाइलाई नै केन्द्रीत गरेर पढेको शिक्षकले बताएका छन् । एसइई आइरन गेट जस्तै भएकाले मेहनत गरेर परीक्षा दिएको विद्यार्थीहरुको भनाई छ ।

परीक्षालाई अमर्यादित बनाउँन खोज्नेलाई कारबाही समेत गरिएको बोर्डले जनाएको छ । समग्रमा परीक्षा शान्तिपूर्ण तरीकाले सम्पन्न भएको र अझै परीक्षालाई सुधार गर्ने पक्षमा रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो ।

विगत वर्षका परीक्षामा ३५ अंक ल्याए पुग्थ्यो तर लेटर ग्रेडिङ निर्देशिका २०७८ लागु भएपछि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक अनिवार्य ल्याउनुपर्ने व्यवस्था छ । विद्यार्थीको सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठ ओटा अक्षरगत स्तरमा सूचित गरिएको छ । जसको नतिजामा सर्वाेत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ ।

देशभर ५२ परिक्षण केन्द्र निर्धारण गरी उत्तर पुस्तीका व्यवस्थापन गरिएको र जापनबाट उत्तरपुस्तीका आइसकेपछि असार तेस्रो साता रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.