भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तातो हावाको लहर चलेसंगै सावधानी अपनाउन विभागको आग्रह

तातो हावाको लहर चलेसंगै सावधानी अपनाउन विभागको आग्रह

काठमाण्डौ । तापक्रम बढेसँगै तातो हावा चलेको छ । पछिल्लो समय तराई मधेशका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हो । लुम्बिनीका तराई भेग र मधेश प्रदेशमा तातो हावाको लहर चलेको हो ।

तातो हावाको लहर चलेसंगै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन आग्रह गरेको छ ।तापक्रम बढेर तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउँन विभागले अपिल गरेको हो।

घाममा बढी नहिँड्न, हल्का लुगा तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, पटकपटक पानी तथा जुस, सर्वत, पिउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ । भैरहवा, जनकपुर, सिमरा लगायतका ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.