भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालका हिमालहरुमा केही वर्षयताकै कम हिउँ

नेपालका हिमालहरुमा केही वर्षयताकै कम हिउँ

काठमाण्डौ । यो वर्ष नेपालका हिमालहरुमा केही वर्षयताकै कम हिउँ परेको छ । यसपालिको हिउँदमा हिमाली क्षेत्रमा हिउँ कम परेको छ । सोलुखुम्बु जस्तै जुम्लामा पनि यस वर्ष हिउँ निकै कम परेको छ । अघिल्ला वर्षहरुमा हिउँ पर्ने धेरै ठाउँमा हिउँ परेकै छैन भने परेको ठाउँमा पनि निकै कम छ ।

जल तथा मौसम विज्ञान विभागले पनि हिउँदयाममा पर्याप्त मात्रामा पानी नपर्दा हिमालय क्षेत्रहरूमा हिउँ घटेको बताएको छ । सामान्यता हिमरेखा पाँच हजार पाँच सय मिटरदेखि पाँच हजार ६ सय मिटरसम्म हुन्छ तर यस वर्ष खुम्बुमा हिमरेखा ६ हजार मिटरमा छ ।

हिमाली क्षेत्रमा हिउँ कम हुँदा त्यहाँको कृषि उत्पादनमा प्रत्यक्ष असर गर्छ भने त्यसले नदी तटीय र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई पनि प्रभावित पार्न सक्ने विज्ञहरु बताउँछन् । समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.