भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

समिकरणको लहरोले तताएको राजनीतिक माहोल

समिकरणको लहरोले तताएको राजनीतिक माहोल

धनगढी । केन्द्रीय राजनीतिमा समिकरण बदलिएपछि प्रदेशमा पनि यसको असर देखिएको छ । राजनीतिक बदलावपछि फेरिएको राजनीतिक समीकरणपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिने तयारीमा लागेको छ ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । नयाँ राजनीतिक समीकरणपछि मंगलबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरी मन्त्रिमण्डल हेरफेर गरे । उनले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र राज्य मन्त्री गीता माललाई बर्खास्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । फिर्ता लिन बुधबार माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए । उनले बुधबारै सरकारलाई दिएको समर्थन फिर्ता जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.