भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

समिकरणको लहरोले तताएको राजनीतिक माहोल

समिकरणको लहरोले तताएको राजनीतिक माहोल

धनगढी । केन्द्रीय राजनीतिमा समिकरण बदलिएपछि प्रदेशमा पनि यसको असर देखिएको छ । राजनीतिक बदलावपछि फेरिएको राजनीतिक समीकरणपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिने तयारीमा लागेको छ ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । नयाँ राजनीतिक समीकरणपछि मंगलबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरी मन्त्रिमण्डल हेरफेर गरे । उनले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र राज्य मन्त्री गीता माललाई बर्खास्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । फिर्ता लिन बुधबार माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए । उनले बुधबारै सरकारलाई दिएको समर्थन फिर्ता जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.