भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

भदौरे र मजुवामा झोलुङ्गे पुलले थपेको खुसी

भदौरे र मजुवामा झोलुङ्गे पुलले थपेको खुसी

धुलिखेल । गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन् । वर्षौँदेखि खोलामा पुल नहुँदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो ।

पुल निर्माण सुरुपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ । सङ्घीय सरकारको ‘झोलुङ्गे पुल कार्यक्रम’अन्तर्गत रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानमा पुल निर्माण अघि बढाइएको हो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष च्यमा लामा थोकरका अनुसार स्वास्थ्यचौकीमा उपचारका लागि जानसमेत सास्ती खेप्नुपरेका यहाँका नागरिकलाई पुल निर्माणले धेरै आशा जागेको छ । सरस्वती प्राथमिक विद्यालय भदौरेका शिक्षिका निर्मला लामाले बालबालिकालाई सहज हुने बताइन् ।

“बर्खामा खोला तर्न नसकेर खेतीपाती र गाउँघरमा आपसी सहयोग गर्नसमेत समस्या व्यहोर्दै आएका थियौँ, अब त्यो हट्नेछ ।” स्थानीय वीरबहादुर लामाका अनुसार सडक सुविधा नहुँदा जिल्लाको विकट डाँडापारि महाभारत गाउँपालिकाको गोकुले र घर्तिछापका नागरिकले सदरमुकाम धुलिखेल आवतजावत गर्ने मुख्य नाका रहेको सो ठाउँ पछिल्लो समय ओझेलमा परेको बताए। सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुष्णबहादुर लामाले बर्खाको बेलामा १०–१५ दिनसम्म खोला नघटेर बालबालिका विद्यालय जान नसक्ने अवस्था व्यहोर्दै आएकामा अब यसबाट छुटकारा पाइने विश्वास व्यक्तगरे।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले त्यहाँका नागरिकको सहजताका लागि सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको साझेदारी र स्थानीय उपभोक्ताको श्रमदानमा आयोजना सञ्चालन भएको बताए । सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत स्थानीय तह रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानसहित रु ६९ लाखको लागतमा पुल निर्माण भइरहेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.