भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

यसपटक माघको पहिलो हप्तादेखि नै चिसो घट्न थाल्यो

यसपटक माघको पहिलो हप्तादेखि नै चिसो घट्न थाल्यो

काठमाण्डौ । माघको पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको छ । माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपाली पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको हो ।

पश्चिममा पनि पर्याप्त पानी परेको छैन । हिउँ परेर सेतै हुनुपर्ने हिलाल माघमा पनि कालै छन् । सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपटक माघको पहिलो हप्तादेखि नै चिसो घट्न थालेको छ ।

केही दिनयता देशका धेरैजसो ठाउँमा न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो छ । माघ पहिलो हप्ता बितिसक्दा पनि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएको मौसमविद्ले बताएका छन् ।

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आज बिहानैदेखि ती क्षेत्रमा मौसम बदली भएको हो ।

काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा केही दिनदेखि तापक्रम बढ्दो रहेको छ । लामो समयसम्म पानी नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेकाले नेपालमा तापक्रम बढेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ ।काठमाण्डौको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान छ । विहिबार बिहान काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.