भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपालमा पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढे

नेपालमा पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढे

काठमाण्डौ । देशमा डडेलोका घटनाहरु बढ्दै गइरहेका छन् । देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको जनाएको छ । यो पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको हो ।

५९ वटा जिल्लाका विभिन्न ठाउँमा डढेलो लागेकोमा सबैभन्दा धेरै उदयपुरका ६५ ठाउँमा डढेलो लागेको छ । यस्तै ताप्लेजुङको ६०, सप्तरीमा ५९, तेह्रथुममा ४४, काभ्रेका ३८ र भोजपुर तथा धनुषाका ३५–३५ ठाउँमा डढेलो पहिचान भएको छ ।

यसअघि बिहीवारदेखि शुक्रवार बेलुकासम्मको चौबीस घण्टामा देशमा आठ सय १३ ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टर (एन.एफ.एम.सी) ले जनाएको छ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वर्षको दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा धेरै मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेका विभागले जनाएको छ ।

बुधवारदेखि बिहीवारसम्मको चौबीस घण्टामा चार सय ८ ठाउँमा डढेलो देखिएको थियो । यसरी केही दिनदेखि वन डढेलो बढिरहेको पाइएको छ । नेपालमा वन डढेलोका घटना बढ्ने क्रम पछिल्ला केही वर्षदेखि नै बढिरहेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढेका छन् ।

 


Thali Mobile Pvt.Ltd.