भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालमा पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढे

नेपालमा पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढे

काठमाण्डौ । देशमा डडेलोका घटनाहरु बढ्दै गइरहेका छन् । देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको जनाएको छ । यो पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको हो ।

५९ वटा जिल्लाका विभिन्न ठाउँमा डढेलो लागेकोमा सबैभन्दा धेरै उदयपुरका ६५ ठाउँमा डढेलो लागेको छ । यस्तै ताप्लेजुङको ६०, सप्तरीमा ५९, तेह्रथुममा ४४, काभ्रेका ३८ र भोजपुर तथा धनुषाका ३५–३५ ठाउँमा डढेलो पहिचान भएको छ ।

यसअघि बिहीवारदेखि शुक्रवार बेलुकासम्मको चौबीस घण्टामा देशमा आठ सय १३ ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टर (एन.एफ.एम.सी) ले जनाएको छ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वर्षको दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा धेरै मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेका विभागले जनाएको छ ।

बुधवारदेखि बिहीवारसम्मको चौबीस घण्टामा चार सय ८ ठाउँमा डढेलो देखिएको थियो । यसरी केही दिनदेखि वन डढेलो बढिरहेको पाइएको छ । नेपालमा वन डढेलोका घटना बढ्ने क्रम पछिल्ला केही वर्षदेखि नै बढिरहेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढेका छन् ।

 


Thali Mobile Pvt.Ltd.