एजेन्सी । रुसमा राष्ट्रपति निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ सिस्टममा साइबर हमला भएको बताइको छ ।
राष्ट्रपति निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ सिस्टममा साइबर हमला भएको हो ।
शुक्रबारको तुलनामा शनिबार आक्रमण बढेको रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभाले बताएकी छिन् ।
यी आक्रमणहरू अमेरिका र बेलायतबाट गराइएको मस्कोको चुनाव पर्यवेक्षण टोलीका प्रमुख वादिम कोभालेभले शनिबार बताएका थिए । कोभालेभका अनुसार आक्रमणहरू भइरहेका अधिकांश सर्भरहरू अमेरिका र बेलायतमा छन् ।
पहिलो पटक निर्वाचनमा प्रयोग भइरहेको रिमोट रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टमको निगरानी पोर्टललाई लक्षित गरेर ३० हजारवटा हमला भएको रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्टअनुसार देशभर ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ । सबैभन्दा पहिला सुदूरपश्चिममा पर्ने कामचटका र चुकोटकामा मतदान भएको हो । रुसको पश्चिमी भेगमा अवस्थित कालिनिनग्रादमा सबैभन्दा अन्तिममा मतदान हुनेछ । निर्वाचनको नतिजा मार्च २८ अघि घोषणा हुने बताइएको छ ।
रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मार्च १५ बाट मतदान सुरु भएको थियो । मतदान आज १७ मार्चमा समाप्त हुँदैछ । देशका केही स्थानमा पहिलो पटक रिमोट इलेक्ट्रोनिक प्रणालीबाट भोटिङ सुरु भएको छ ।
यस चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन, लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लटस्की, रुसी कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र एक स्वतन्त्र उम्मेदवार उठेका छन् ।
