भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुसमा साइबर आक्रमणहरू भइरहेका अधिकांश सर्भरहरू अमेरिका र बेलायतका

रुसमा साइबर आक्रमणहरू भइरहेका अधिकांश सर्भरहरू अमेरिका र बेलायतका

एजेन्सी । रुसमा राष्ट्रपति निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ सिस्टममा साइबर हमला भएको बताइको छ ।
राष्ट्रपति निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ सिस्टममा साइबर हमला भएको हो ।

शुक्रबारको तुलनामा शनिबार आक्रमण बढेको रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभाले बताएकी छिन् ।

यी आक्रमणहरू अमेरिका र बेलायतबाट गराइएको मस्कोको चुनाव पर्यवेक्षण टोलीका प्रमुख वादिम कोभालेभले शनिबार बताएका थिए । कोभालेभका अनुसार आक्रमणहरू भइरहेका अधिकांश सर्भरहरू अमेरिका र बेलायतमा छन् ।

पहिलो पटक निर्वाचनमा प्रयोग भइरहेको रिमोट रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टमको निगरानी पोर्टललाई लक्षित गरेर ३० हजारवटा हमला भएको रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्टअनुसार देशभर ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ । सबैभन्दा पहिला सुदूरपश्चिममा पर्ने कामचटका र चुकोटकामा मतदान भएको हो । रुसको पश्चिमी भेगमा अवस्थित कालिनिनग्रादमा सबैभन्दा अन्तिममा मतदान हुनेछ । निर्वाचनको नतिजा मार्च २८ अघि घोषणा हुने बताइएको छ ।

रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मार्च १५ बाट मतदान सुरु भएको थियो । मतदान आज १७ मार्चमा समाप्त हुँदैछ । देशका केही स्थानमा पहिलो पटक रिमोट इलेक्ट्रोनिक प्रणालीबाट भोटिङ सुरु भएको छ ।

यस चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन, लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लटस्की, रुसी कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र एक स्वतन्त्र उम्मेदवार उठेका छन् ।

 


Thali Mobile Pvt.Ltd.