भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

महिलाको ज्यान लिने बाघ नियन्त्रणमा

महिलाको ज्यान लिने बाघ नियन्त्रणमा

काठमाडौंं । कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको छ । बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएका हुन् ।

प्राविधिक टोलीले बाघलाई महिलामाथि आक्रमण गरेकै ठाउँ दोधाराचाँदनी नगरपालिका–२ को उखुबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए । बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ ।

बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा दोधाराचाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो । शाहको घटनास्थलमै मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.