भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु

ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिङगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्र्याक निर्माण भएको आठ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । बेनी–दरवाङ सडकखण्ड अन्तर्गत सिङगाको ठूलोखोलादेखि वडा नं ४ र ५ का ग्रामीण बस्ती जोड्ने सिङगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान पुग्ने सडकको स्तरोन्नति सुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजना अन्तर्गत सडक स्तरोन्नति सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्रदेश निर्वाचन क्षेत्र–१ का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतिमा छनोट भएको यस आयोजनाका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । गत असार २१ मा पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाईबेरकालीगण्डकी निर्माण जेभीले सडक मर्मत अघि बढाएको छ । विसं २०७२ मा सडकको ट्र्याक निर्माणले पूर्णता भएको भए पनि यस वर्षदेखि आयोजनाकै रुपमा सडक स्तरोन्नति थालिएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जनशक्ति, मेसिन, उपकरण र निर्माण सामग्रीको परिचालन गरिएको कम्पनीको भनाइ छ । अहिले सिस्नेरी– बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीमा सडक ढलानको काम भइरहेको छ । ठूलो खोला र अँधेरीखोला क्षेत्रमासमेत सडक ढलान गरिनेछ । निर्माण कम्पनीले सडक ढलानको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिपनयर विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार चालु आवमा सडकखण्डको विभिन्न स्थानमा करिब एक सय ६० मिटर सडक ढलान गरिने छ । त्यसैगरी सात सय ४१ घनमिटर ग्याबिन जाली लगाउने र ३९ घनमिटर पक्की पर्खाल निर्माण गरिने छ । यस सडकखण्डका केही स्थानमा गत वर्ष बेनी नगरपालिकाले समेत गौरवको योजनाका रुपमा बजेट विनियोजन गरेर सडक ढलान गरेको थियो । नगरपालिकाले रु ३८ लाख बजेटबाट राजकुलो –कुटीडाँडा–धुविबोट हुँदै पख्रेलटोल जाने बाटोमा करिब ८५ मिटर सडक ढलान गरिएको थियो ।

सडक स्तरोन्नति योजनाको गण्डकी प्रदेशसभा सदस्य भण्डारी, वडाध्यक्ष खड्का लगायतले टोलीले स्थलगत अनुगमन, निरीक्षण र अवलोकन गरेका छन् । योजनाको अनुगमन गर्दै प्रदेशसभा सदस्य भण्डारीले सडक साँघुरो रहेको ठाउँ र घुम्तीमा सडकलाई फराकिलो बनाउन र योजनालाई गुणस्तरीय बनाउन निर्माण व्यवसायी र प्राविधिकलाई निर्देशन दिए । उनले सडकको शून्य विन्दुबाट नै सडकलाई फराकिलो बनाउँदै ग्रेड र घुम्तीलाई सुधार गर्दै सडकलाई स्तरोन्नति गर्न आग्रह गर्दै आगामी वर्षसमेत यस योजनामा थप बजेटको लागि पहल गर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.