भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटान सुरु

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटान सुरु

धनगढी । सुदूरपश्चिमको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि मायापुरी सामुदायिक वन क्षेत्रमा १,५९३ रुख कटान सुरु गरिएको छ। इन्टरमोडल यातायात विकास समितिले ठेक्का प्रक्रियामार्फत काम अघि बढाएको हो।

निकुञ्जको रोहबरमा भइरहेको रुख कटान दुई महिनाभित्र सम्पन्न हुने बताइएको छ। यो कार्य सुक्खा बन्दरगाह निर्माणको पहिलो ठोस भौतिक चरण मानिएको छ।परियोजनाअन्तर्गत रेलवे प्लेटफर्म, कन्टेनर यार्ड, यात्री टर्मिनल, भन्सार, क्वारेन्टिन भवन, प्रहरी चौकी र अन्य पूर्वाधार निर्माण गरिनेछ।

नेपालतर्फ महाकाली नदीमा चार लेनको पुल तथा ६ लेनको पहुँच मार्ग निर्माण भइसकेको छ भने भारततर्फको पहुँच मार्ग निर्माणाधीन अवस्थामा छ। भारत सरकारको लगानीमा करिब ६ अर्ब रुपैयाँ लागतमा बन्ने यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।