भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्वी तराईमा रातिदेखि निरन्तर वर्षा, दिउँसो देशभर फैलिन सक्ने सम्भावना

पूर्वी तराईमा रातिदेखि निरन्तर वर्षा, दिउँसो देशभर फैलिन सक्ने सम्भावना

काठमाण्डौ  । पूर्वी तराईका विभिन्न जिल्लामा गएरातिदेखि नै लगातार वर्षा भइरहेको छ। मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा र सिन्धुलीलगायत क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो काठमाण्डौ उपत्यकासहित देशका अन्य भूभागमा पनि वर्षा हुने सम्भावना रहेको छ। हाल देशभर सक्रिय वर्षा प्रणालीको मुख्य कारण पश्चिमी वायु, स्थानीय प्रणाली, र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव हो।

मौसमविद्हरूका अनुसार अहिलेको समय प्रि–मनसुन भएकाले चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा केही दिनसम्म देशभर जारी रहनेछ।
साथै, आकस्मिक मौसम परिवर्तन र जोखिम सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन र अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन सुझाव दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.