भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिशूली नदीमा ट्याक्सी खस्यो, पाँच जनाकाे ज्यान गयाे

त्रिशूली नदीमा ट्याक्सी खस्यो, पाँच जनाकाे ज्यान गयाे

काठमाडौ । काठमाण्डौंबाट गोरखा हिँडेको ट्याक्सी त्रिशुलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । आज बिहान ७ः१५ बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका वडा ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको हो ।

बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खसेको हो । ट्याक्सीमा के कति सवार थिए भन्ने खुलेको छैन ।

अहिले इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जना र सशस्त्र प्रही बल कुरिनटारबाट १० जना गोताखोर टिम उद्धारमा खटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.