भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

परीक्षार्थीको साथबाट पाँच सय बढी मोबाइल बरामद

परीक्षार्थीको साथबाट पाँच सय बढी मोबाइल बरामद

काठमाडौं । माध्यमिक शिक्षा परीक्षाको परीक्षा हलबाट रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएका छन् ।

प्रहरी कार्यालय रौतहटका अनुसार एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले गौर, चन्द्रपुर, गरुडा समनपुरलगायत जिल्लाका ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंहसहितको अनुगमन टोलीले परीक्षा हलबाट उक्त संख्यामा मोबाईल बरामद गरेक‍ो हो ।

बरामद गरिएको मोबाईल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको छ । परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.