भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

यूएईले नेपालीलाई भिजिट भिसा रोक्दा हजारौं प्रभावित, कारणबारे अझै अस्पष्ट

यूएईले नेपालीलाई भिजिट भिसा रोक्दा हजारौं प्रभावित, कारणबारे अझै अस्पष्ट

काठमाडौँ, ३१ भाद्र । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ । सोमबार बिहानदेखि अधिकांश भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि ट्राभल एजेन्सीहरूले गरेका छन् । तर, भिसा रोक लगाउनुका कारणबारे यूएई सरकारले औपचारिक जानकारी भने दिएको छैन ।

दुबई इमिरेट्सले पहिलादेखि नै भिजिट भिसामा कडाइ गर्दै आएकोमा पछिल्लो समय शारजाहमार्फत नेपालीले भिसा लिँदै आएका थिए । तर, अहिले शारजाहले समेत भिसा दिन रोक लगाएको ट्राभल व्यवसायीहरूको भनाइ छ । यसअघि शारजाहले एक महिनाको भिसा ५५० र दुई महिनाको भिसा ६५० दिरहममा उपलब्ध गराउँदै आएको थियो ।

नेपालस्थित यूएई दूतावासले भिसा रोकिने विषयमा औपचारिक जानकारी पाएको छैन । तर, यूएईमै रहेका अभियन्ताहरूले नेपालमा देखिएको राजनीतिक अस्थिरता, त्यहाँ बढ्दो नेपालीको समस्या, ओभरस्टे बस्ने, लागुपदार्थ दुव्र्यसन र आपराधिक गतिविधि बढ्दै गएको कारण भिसामा अस्थायी प्रतिबन्ध आएको हुनसक्ने बताएका छन् ।

वर्तमानमा करिब ८ लाख नेपाली यूएईमा कार्यरत छन् । तीमध्ये करिब ७० हजार नेपाली भिजिट भिसामार्फत गएर अहिले वर्किङ भिसामा रूपान्तरण भएका छन् । साथै, भिजिट भिसा प्रयोग गरेर अन्य मुलुकमा पुग्ने प्रवृत्तिले समेत समस्या बढाएको सरोकारवालाको बुझाइ छ ।

आबुधाबीस्थित नेपाली दूतावासका राजदूत तेजबहादुर क्षत्रीले यूएई अधिकारीहरूले नेपालीको संलग्नतामा आपराधिक गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको जानकारी दिएका थिए । उनले दुबई र आबुधाबी प्रहरीले जनचेतनामूलक कार्यक्रम चलाइरहेको पनि बताए ।

 


Thali Mobile Pvt.Ltd.