दुर्गम लिमीका बालबालिकाकाले ११ महिनापछि पाए खोप

दुर्गम लिमीका बालबालिकाकाले ११ महिनापछि पाए खोप image

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन्। लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा ढिलो भएको हो ।

हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले जानकारी दिए ।

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखि माथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको उनले बताए। लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुईजना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda