भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्घीय सरकारका मन्त्रीहरू धमाधम भैँसेपाटी

सङ्घीय सरकारका मन्त्रीहरू धमाधम भैँसेपाटी

काठमाडौं। सङ्घीय सरकारका मन्त्रीहरू पुल्चोकस्थित हरिहर भवनबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न निवासमा सर्न सुरु थालेका छन् । हालसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सरेको सहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सरेकी छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडी भैँसेपाटी निवासमा सरेको सहरी विकास मन्त्रालयका प्रवक्ता बिनु वज्राचार्य कुँवरले बताईन् ।

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसमेत भैँसेपाटीस्थित नवनिर्मित निवासमा सरिसकेको प्रवक्ता कुँवरले जानकारी दिईन् । त्यसै गरी सुरक्षाकर्मीका लागि तीन वटा भवन निर्माण भइरहेका छन् । यो ९६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । भवनहरूको निर्माण काठमाडौँ उपत्यकाको परम्परागत सभ्यता र शैलीमा भइरहेको छ ।

सो स्थानमा सुरक्षा गार्ड भवन, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङ पुल र पार्किङसहितको आवास क्षेत्र निर्माण भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्री निवासको निर्माण सम्पन्न भई यसअघि नै सञ्चालनमा आइसकेको छ । करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.