भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

तरकारी बिक्री नभए गाउँपालिकाले जिम्मा लिने भएपछि आँबुखैरेनीका किसान उत्साहित

तरकारी बिक्री नभए गाउँपालिकाले जिम्मा लिने भएपछि आँबुखैरेनीका किसान उत्साहित

तनहुँ – आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीको लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ । यस क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजारमा सहजै बिक्री हुँदै आएपछि यहाँका किसान खुशी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।

समुद्र सतहदेखि झन्डै दुई हजार मिटर उचाइमा रहेको यस ठाउँमा रैथाने अर्गानिक रायो साग खेती गरिएको हो । यस वडाका २० घरधुरीले झन्डै ३० रोपनी क्षेत्रफलमा साग खेती गरेका स्थानीय किसान आशिक गुरुङले जानकारी दिनुभयो । सागको प्रतिमुठा ५० र गुन्द्रुकको प्रतिमुठा एक सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । उपभोक्ताले यो मूल्यमा खुशी भएर लैजाने गरेका छन् ।

दैनिक दुईरतीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरू बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका स्थानीय किसान एवम् वडा सदस्यसमेत रहनुभएका लक्ष्मण गुरुङले बताउनुभयो ।

आफूले यस वर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उहाँले जानकारी दिनुभयो । शुरुमा आफ्नो परिवारका लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् । झन्डै १५ दिनको अवधिमा एक लाख रुपैयाँ बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । शुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रूपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो । किसानले उत्पादन गरेका वस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्‍याउन सहजीकरण हुँदै आएको छ ।

किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । गाउँपालिकाले किसानलाई बिउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा आफूले जिम्मा लिने प्रबन्ध मिलाइएको छ ।

चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले माग बढ्न थालेको छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् । स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरूप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.