रौतहट । कार्तिक पूर्णिमाको अवसरमा शुक्रबार बागमती नदीमा स्नान गर्नेहरुको घुइँचो छ । रौतहटका समनपुर , गरूडा , चद्रनपगाहपुर नगर क्षेत्र अन्तर्गत लालबकैया नदीको विभिन्न घाट र गढीमाई, राजदेवी नगरक्षेत्र अन्तर्गत घाटमा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।
सूर्योदय नहुँदै लालबकैया, बागमती, लगायत विभिन्न नदीमा भक्तजनहरु पुगेका हुन् । बिहिवार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी , रौतहट अधिकांश जस्तो ठाउँबाट लगायतका घाट पुगेका छन् ।धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा रहेकाले यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ ।
आजका दिन देखि नयाँ–नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।