भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ जनाको सनाखत

दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ जनाको सनाखत

काठमाडौं । दार्चुला शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप आज बिहान करिब चार बजेतिर दुर्घटना भएको छ । जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृतकहरुमध्ये ६ जनाको सनाखत भएको छ ।

शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारत उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।

अर्का एक मृतकको भने सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको हो ।

 


Thali Mobile Pvt.Ltd.