भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ जनाको सनाखत

दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ जनाको सनाखत

काठमाडौं । दार्चुला शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप आज बिहान करिब चार बजेतिर दुर्घटना भएको छ । जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृतकहरुमध्ये ६ जनाको सनाखत भएको छ ।

शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारत उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।

अर्का एक मृतकको भने सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको हो ।

 


Thali Mobile Pvt.Ltd.